नियम ६
सुविधाको आधारमा चलचित्र घरको वर्गीकरण गर्ने
(१) चलचित्र घरमा वा चलचित्र प्रदर्शन गर्ने अन्य स्थानमा हुनुपर्ने न्यूनतम व्यवस्था अनुसूची–९ मा उल्लेख भए बमोजिम हुनेछ ।
(१क) कसैले एउटै कम्पाउण्डभित्र एक वा एकभन्दा बढी भवनलाई एकभन्दा बढी चलचित्र घरको रूपमा प्रयोग गरेमा त्यस्तो प्रत्येक चलचित्र घरमा उपनियम (१) बमोजिमको न्यूनतम व्यवस्था गर्नुपर्नेछ ।
(२) मन्त्रालयले चलचित्र घरमा भएको सुविधाको आधारमा चलचित्र घरलाई ‘क’,‘ख’ र ‘ग’ गरी तीन श्रेणीमा वर्गीकरण गर्नेछ ।
तर, भिडियो चलचित्र प्रदर्शन गर्ने चलचित्र घरलाई ‘ग’ श्रेणीमा वर्गीकरण गरिनेछ ।
(३) उपनियम (२) बमोजिम चलचित्र घरको श्रेणी वर्गीकरण गरिसकेपछि कुनै चलचित्र घरमा सुविधा थपघट भएमा सुविधा थपघट भएको आधारमा चलचित्र घरलाई माथिल्लो वा तल्लो चलचित्र घरको वर्गीकरण गरिनेछ ।